निर्माण व्यवसायीमा एकरुपताको खाँचो छ : मन्त्री पाण्डे |
चितवन । सहरी विकासमन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीहरूमा एकता र एकरुपताको खाँचो रहेको बताएका छन् । निर्माण व्यवसायी सङ्घ चितवनको २९औँ वार्षिक साधारणसभामा उहाँले व्यवसायीलाई एक भएर समयमा राम्रो काम गर्न निर्देशन दिए ।