काठमाडौंभरि सीसीटीभी जडान गर्ने बालेनको योजना, साढे १६ करोड विनियोजन |
काठमाडौं । काठमाडौं महानगरपालिकाले मुख्य–मुख्य सार्वजनिक स्थानमा सिसीटीभी जडान गर्ने तयारी गरेको छ । बिहीबार बसेको १३औं कार्यपालिका बैठकबाट महानगरभित्रका मुख्य–मुख्य सार्वजनिक स्थानमा सीसीटीभी जडान गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।