म्याग्दीको बजेट १ अर्ब २७ करोड |
म्याग्दी (अस) । म्याग्दी जिल्लाका विभिन्न ६ ओटा स्थानीय तहका लागि १ अर्ब २७ करोड ६६ लाख बजेट विनियोजन भएको छ । उक्त बजेटअन्तर्गत जिल्लाको अति विकट मानिएका बस्तीलाई समेटेर बनाइएको धौलागिरि गाउँपालिकाले सबैभन्दा कम बजेट पाएको छ भने सबैभन्दा धेरै बजेट बेनी नगरपालिकाले पाउने भएको छ ।