हामी दाजुभाइ समुहको आयोजनामा नेपालमा पहिलो पटक पुरुष दिवस मनाइयो |
काठमाडौं । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा सोमबार अन्तरराष्ट्रिय पुरुष दिवस मनाइएको छ । ‘सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन’ भन्ने मूल नाराका साथ पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।