अब बैदेशिक रोजगारीमा जानेलाई प्रदेशबाटै श्रम स्वीकृति | वीरेन्द्रनगरमा प्रदेशस्तरीय श्रम तथा रोजगार कार्यालयको स्थापना
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय श्रम तथा रोजगार कार्यालयको स्थापना गरिएको छ । वीरेन्द्रनगरमा कार्यालयको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अब कर्णालीका नागरिकले काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए ।