प्रधानमन्त्रीले पाएको सुशासन अवार्डमा त्यति नै रकम थपेर कोष बनाइँदै | उक्त रकम विपन्न तथा दलित युवा विद्यार्थीको हितमा खर्च गरिने, कर्मचारी समायोजन अध्यादेश पनि स्वीकृत
काठमाडौं । सरकारले हालै मात्र एशिया प्यासिफिक समिटको आयोजकबाट प्राप्त गरेको ‘सुशासन अवार्ड’ को रकममा त्यति नै रकम थप गरेर युवा र बालबालिकाको हितमा काम गर्न कोष बनाउने निर्णय गरेको छ ।