ओपो एफनाइन जेड ग्रिन सार्वजनिक हुँदै |
काठमाडौं । ओपोले विभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका विभिन्न मोडलमा आधारित लिमिटेड एडिसन स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ । यस पटक भरखरै सम्पन्न अंग्रेजी नयाँ बर्षको अवसर पारेर कम्पनीले ओपो एफनाइनको जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।