विशेष आर्थिक क्षेत्र ऐन संशोधन सँगै सहजीकरणको आवश्यकतामा जोड |
काठमाडौं । संसदमा दर्ता भएको विशेष आर्थिक क्षेत्र (सेज) ऐन २०७३ को पहिलो संशोधन भएसँगै सेजमा लगानी कर्ताहरूको आकर्षण बढ्ने अपेक्षा गरिएको छ । यसअघि देखिएका कानुनी र व्यवहारिक समस्यालाई सम्बोधन गर्ने गरी ऐन संशोधन गरिएको भन्दै सेजमा लगानी भित्र्याउन सहज हुने सरोकारवालाले बताएका हुन् ।