तराईमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै |
काठमाडौं । तराई मधेशमा फगुवा (होली) पर्व आपसी सद्भाव र रङको उत्सवको रूपमा मनाइन्छ । नेपालको पहाडी क्षेत्रभन्दा एक दिनपछि मनाइने यो पर्व यस क्षेत्रको मुख्य चाड हो । होलीलाई आफन्तबीच भेटघाट र उमङ्गको अवसरको रूपमा पनि लिइन्छ ।