तातोपानीको लार्चामा सुख्खा बन्दरगाह निर्माण कार्य सम्पन्न |
चौतारा । सिन्धुपाल्चोकको तातोपानीस्थित लार्चामा सुख्खा बन्दरगाह बनेर तयार भएको छ । भवनलगायत सम्पूर्ण संरचनासहित भोटेकोशी नदीमा निर्माण भएको पक्की पुलको ढलान पनि सम्पन्न भइसकेको छ ।
चौतारा । सिन्धुपाल्चोकको तातोपानीस्थित लार्चामा सुख्खा बन्दरगाह बनेर तयार भएको छ । भवनलगायत सम्पूर्ण संरचनासहित भोटेकोशी नदीमा निर्माण भएको पक्की पुलको ढलान पनि सम्पन्न भइसकेको छ ।
काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । एसियाली विकास बैंक (एडीबी) ले गरेको प्रक्षेपणमा सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने बताइएको छ । सबल आन्तरिक मागका कारण नेपालको अर्थतन्त्र स्थिर रहने उसको विश्लेषण छ ।
काठमाडौं । २०७२ सालको भूकम्पमा आवास गुमाएकाले आगामी आर्थिक वर्ष (आव) सम्म मात्रै सरकारले दिने तीन लाख रुपैयाँ अनुदान पाउने सरकारले निर्णय गर्न लागेको छ । भूकम्प गएको चार वर्ष बित्न लागेको र आगामी आवमा ५ वर्ष पुग्ने भएकाले सरकारले आव २०७७∕७८ बाट अनुदान नदिने निर्णय लिन लागेको बताइएको छ ।
काठमाडौं । ललितपुरको धोबीघाटमा जैन श्वेताम्बर तेरापन्थ महिला मण्डलले कन्या सुरक्षा सर्कल स्तम्भ निर्माण गरेको छ । ललितपुरको धोबीघाटस्थित स्टर्लिङ अपार्टमेण्टको सामुन्ने निर्माण गरिएको उक्त स्तम्भको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले उद्घाटन गरेका हुन ।
काठमाडौं । सरकारले जनताको जलविद्युत कार्यक्रममा रसुवागढी र साञ्जेन जलविद्युत आयोजनालाई समावेश गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सोमबार बसेको जनताको जलविद्युत कार्यक्रम सञ्चालन समन्वय समितिको बैठकले ती आयोजनालाई सोही कार्यक्रममा समावेश गरी शेयर विक्री गर्ने निर्णय गरेको हो ।
काठमाडौं । गत आइतबार साँझ बारा र पर्सा जिल्लामा हावाहुरीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले गहिरो दुːख व्यक्त गरेको छ ।
जनकपुरधाम । प्रदेश २ सरकारले बाराका हुरी प्रभावितहरुका लागि आउन लागेको वर्षा अगावै प्रि–फ्याब घर बनाइदिने निर्णय गरेको छ । राहत तथा सद्दार व्यवस्थापन उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले पीडितहरुको आवासबारे निर्णय गरेको हो ।
काठमाडौं । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ । ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।
काठमाडौं । चौधरी ग्रुपले करिब एक खर्ब रुपैयाँका ४ वटा आयोजनामा लगानी गर्ने समझदारी गरेको छ । ग्रुपले लजिस्टिक पार्क, सोलार र दूरसञ्चार क्षेत्रमा लगानी गर्न समझदारी गरेको हो ।
काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनीलाई खाद्यान्नको वैज्ञानिक भण्डारणको लागि प्राविधिक पक्षमा भारतीय कम्पनी नेशनल कोलाटरल म्यानेजमेन्ट सर्भिसेज लिमिटेड (एनसीएमएसएल) ले सघाउने भएको छ ।