नेपाल अन्तरिक्ष युगमा प्रवेश ː प्रधानमन्त्री ओली | भू–उपग्रह, ‘स्याट–१’ सफलतापूर्वक प्रक्षेपण
काठमाडौं । नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकको सूचीमा समावेश भएको छ । नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण भएको छ । अमेरिकाको भर्जिनियास्थित वल्लोप्स टापुमा रहेको नासाको प्रक्षेपण केन्द्रबाट स्याटेलाइट प्रक्षेपण गरिएको हो । प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गरेको थ