आजदेखि एकल बिन्दु सेवा, आठ प्रकारका सेवा एकै स्थानबाट पाइने |
काठमाडौं । निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको एकल बिन्दु सेवा केन्द्र आज बुधबारदेखि सञ्चालनमा आउने भएको छ । उद्योग दर्ता, प्रवेशाज्ञालगायत विभिन्न आठ प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउने लक्ष्यका साथ सरकारले उद्योग विभागको परिसरमा सो केन्द्र स्थापना गरेको छ ।