भोलिदेखि तातोपानी नाका खुल्ने |
काठमाडौं । लामो प्रतीक्षापछि चीनसँगको व्यापार नाका भोलि बुधबारदेखि सञ्चालन हुने भएको छ । भुइँचालोले भत्काएका भौतिक संरचनाको दुवै देशले निर्माण गरेपछि नाका सञ्चालनमा आउन लागेको हो । नाका सञ्चालनका लागि बुधबार नेपाल–चीन सीमाको मितेरी पुलमा विशेष कार्यक्रम आयोजना हुने छ ।