पहिलोपटक कालिमाटी बजारमा ३० प्रकारका विषादी परीक्षण |
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पहिलोपटक कालिमाटी तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण गरेको छ । बजारबाट संकलित नमूनाको परीक्षण गर्दा कुनै पनि तरकारी खान अयोग्य नभेटिएको विभागले जनाएको छ ।