२४ विद्यालय पुनर्निर्माणका लागि समझदारी, लागत ८० लाख अमेरिकी डलर |
काठमाडौं । २४ ओटा अपांगमैत्री विद्यालय पुनर्निर्माणका लागि त्रिपक्षीय समझदारी भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच समझदारी भएको हो ।