एभरेष्ट इन्सुरेन्सको हकप्रद शेयरको मूल्य समायोजन रद्द |
काठमाडौं । एभरेष्ट इन्सुरेन्सको संस्थापक हकप्रद सेयरमा भएको मूल्य समायोजन नेप्सेले रद्द गरेको छ । संस्थापक हकप्रदलाई साधारण सेयरको मूल्यमा समायोजन गर्न नहुने लगानीकर्ताहरुले माग उठाएपछि मूल्य समायोजन रद्द भएको हो ।