एभरेष्ट बैंकको नाफा एक अर्ब ४२ करोड रुपैयाँ |
काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक बर्ष २०७५⁄०७६ को ६ महिनाको अवधिमा एक अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले गत बर्षको भन्दा १६ प्रतिशतले नाफा सुधार गरेको हो । नियामकीय समायोजन पछिको नाफा भने ६.६७ प्रतिशतले मात्रै बृद्धि भएको देखिन्छ ।