खानी खोला हाईड्रोपावरको साधारण सभा फागुन ३ गते हुने |
काठमाडैं । खानी खोला हाईड्रोपावर कम्पनीको लिमिटेडको वार्षिक साधारण सभा फागुन ३ गते हुने भएको छ ।
काठमाडैं । खानी खोला हाईड्रोपावर कम्पनीको लिमिटेडको वार्षिक साधारण सभा फागुन ३ गते हुने भएको छ ।
काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो वित्तीय संस्थाले गरकेो आम्दानी गत वर्षको सोही अवधिमा १ करोड ४ लाख रुपैयाँ थियो ।
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ । यो लघुवित्तको गत वर्षको यही अवधिसम्ममा ५० लाख ऋणत्मक अवस्थामा रहेको थियो । यसले चालू आवमा भने नाफा कमाउन सफल भएको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा हिजो सम्पन्न भयो । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । नेपाल एसबीआई बैंकको प्रस्तावित १५.७९ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न बैंकको २५औँ वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने संचालक समितिको प्रस्तावलाई पारित गरेको हो ।
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको साधारणसभा फागुन १० गते ११ बजे काठमाडौंको नक्सालस्थित सेलेब्रेशन ब्याङ्केटमा बस्ने भएको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा शेयर सूचीकरण गराएको एक हप्तामै अपर तामाकोशी हाइड्रोपावर नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये उच्च बजार पूँजीकरण हुने दश कम्पनीभित्र पर्न सफल भएको छ । कारोबार खुलेदेखि नै शेयरमूल्यमा सर्किट ब्रेक लाग्दा कम्पनी उच्च पूँजीकरण हुने कम्पनीमा समेटिन सफल भएको हो ।
गुहेश्रवरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको चालू आवको दोस्रो त्रैमासिक अवधिमा खुद नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.६६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस अवधिमा ३ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको फाइनान्सको यस वर्ष खुद नाफा ३ करोड ३४ लाख पुगेको हो ।
काठमाडौं । लक्ष्मी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ८५ लाख १७ हजार खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा ८.८७ प्रतिशत अर्थात ३९ लाख ५३ हजार रुपैयाँले बढेको हो ।
काठमाडौ । गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक दिने आव २०७५⁄०७६ को द्रोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त माईक्रोफाइनान्सले पौष मसान्त सम्म १७ करोड ३९ लाख रुपैयाँ बचत संकलन गरी खुद नाफा १ करोड ५१ लाख रुपैयाँ गर्न सफल भएको छ ।