राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा करिब दुई अर्ब |
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नेपाल फाइनान्सीयल रिपोर्टिङ्ग स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदन अनुसार बैंकले ६ महिना अवधिमा सो नाफा कमाएको हो ।