स्वावलम्बन लघुवित्तले साढे १० करोडको एफपीओ जारी गर्दै |
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले साढे १० करोडको एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तमा हाल कायम रहेको संस्थापक र सर्वसाधारणको पूँजी अनुपात ७०ः३० लाई परिवर्तन गरी ५१ः४९ कायम गर्न एफपिओ निष्काशनका साथै ६ करोड ६० लाखको संस्थापक शेयरलाई पनि साधारणमा रुपान्तरण गर्ने भएको हो ।