एनबी बैंकको सहायक कम्पनी नेपाल बंगलादेश क्यापिटललाई सञ्चालन स्वीकृति |
काठमाडौं । नेपाल बंगलादेश क्यापिटलले मर्चेन्ट बैंकरको कारोबार गर्नका लागि अनुमति पाएको छ । धितोपत्र बोर्डले बिहीबार स्वीकृति दिएको हो । नेपाल बंगलादेश (एनबी) बैंकको सहायक कम्पनीका रुपमा खुल्न लागेको कम्पनीको चुक्ता पूँजि २० करोड रुपैयाँको हुने छ ।