वैशाखदेखि दोस्रो बजारमा प्यान अनिवार्य |
काठमाडौँ । आज नयाँ वर्षदेखि शेयर कारोबारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वैशाखदेखि दोस्रो बजारमा प्यान अनिवार्य गर्न लागेको हो ।
काठमाडौँ । आज नयाँ वर्षदेखि शेयर कारोबारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले वैशाखदेखि दोस्रो बजारमा प्यान अनिवार्य गर्न लागेको हो ।
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा बैशाख २६ गते हुने भएको छ ।
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरका लागि बुक क्लोज बैशाख ९ गते एकदिनलाई बन्द गर्ने भएको छ ।
काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘एक नेपाली एक डिम्याट खाता’ योजना संचालन गर्ने भएको छ । नयाँबर्ष २०७६ लाई लक्षित गर्दै क्यापिटलले सो अभियान संचालन गर्ने भएको हो ।
काठमाडौं । सिभिल क्यापिटल मार्केटले तीन करोड ७५ लाख रुपैयाँको आईपीओ जारी गर्ने निर्णय गरेको छ । चैत २८ गते बिहीबार सम्पन्न विशेष साधारण सभाले सो निर्णय गरेको हो । यससँगै सिभिल क्यापिटल दोस्रो आईपीओ जारी गर्ने मर्चेन्ट बैंक बन्ने भएको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम प्रशारण गर्ने भएको छ । बोर्डले बजार गतिविधि तथा गुनासा समाधानलाई थप व्यवस्थित, प्रभावकारी र मितव्ययी बनाउन रेडियो संवाद कार्यक्रम प्रशारण गर्न लागेको जानकारी दिएकको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक शेयर निष्काशन गर्दा न्युनतम १० कित्ताको लागि पनि आवदेन दिन पाउने व्यवस्था गरेको छ ।
काठमाडौं । नेपाल ल्युव आयलले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांशका लागि शेयरधनीलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न र कागजी शेयर भए अभौतिकिकरण गर्न आग्रह गरेको छ ।
काठमाडौं । नेपाल वित्तीय संस्था संघले बैशाख १३ गते शुक्रबार २३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । होटल क्राउन प्लाजा इम्पेरियल रविभवनमा दिउँसो ३ बजे सभा आह्वान गरिएको हो ।
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद शेयर हिजो विहिबारदेखि खुला भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ५९ करोड ४० लाख रुपैयाँको आधारमा २९ लाख ७० हजार कित्ता हकप्रद विक्री गर्न लागेको हो ।