एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित |
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ६० प्रतिशत हकप्रद शेयरको प्रस्ताव पारित भएको छ । भर्खरै सम्पन्न कम्पनीको विशेष साधारणसभाले प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ६० प्रतिशत हकप्रद शेयरको प्रस्ताव पारित भएको छ । भर्खरै सम्पन्न कम्पनीको विशेष साधारणसभाले प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सधारणसभा हुने भएको छ । कम्पनीको चौथो वार्षिक साधारण सभा जेठ ३१ गते गर्ने भएको छ । कम्पनीले वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने लगाएत लेखापरिक्षक नियुक्ती गर्ने विषय समेटेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले तेस्रो पटक ऋणपत्र जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । बैंकले ४४ लाख कित्ता ऋणपत्र जारी गर्न जेठ ६ गते सेबोनमा निवेदन दिएको हो ।
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको आवश्यकता र सेवालाई मध्यनजर गर्दै निक्षेप सदस्य सम्बन्धी कार्य गर्न बैंक अफ काठमाडौं क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता गरेको छ ।
काठमाडौं । नेपाल बंगलादेश बैंकले हिजोदेखि २० लाख कित्ता ऋणपत्र निष्कासन गरेकोे छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८५ सम्मको लागि निष्कासन गरेको हो ।
काठमाडौं । अब सेयर किनबेच गरे पछि राफसाफका लागि चेक बोकेर ब्रोकर कार्यालय जान नपर्ने भएको छ । ‘बैंक इन्टिग्रेसन’ शुरु भएसँगै लगानीकर्ता चेक बोकेर ब्रोकर कम्पनी जानु नपर्ने भएको हो । बिहीबारदेखि नेप्सेको अनलाइन ट्रेडिङ सिस्टम (नट्स) प्रणालीमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु आवद्व भएका छन् ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र विक्री गर्न अनुमति पाएको हो ।
काठमाडौं । आईएमई जनरल इन्सुरेन्सले ५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँमा ५५ बोनस सेयर दिने निर्णय गरेको हो । उक्त बोनसमा लाग्ने कर भने सम्बन्धित सेयरधनी आफैले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ ।
काठमाडौं । प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र विक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । वाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्ने
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ६ लाख खुद नोक्सानी बेहोरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत विक्रीको आम्दानी बढेपनि हाइड्रोपावरको खुद नोक्सानी गत वर्षको यसै अवधिको तुलनामा ३.५९ प्रतिशत बढेको हो ।