युनाईटेड फाइनान्सले १०.५२ प्रतिशत लाभांस दिने |
काठमाडौं । युनाईटेड फाइनान्स १०.५२ प्रतिशत लाभांस घोषणा गरेको छ । मंसिर १७ गते मंगलबार सम्पन्न फाइनान्स सञ्चालक समितिको २४० औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांस दिने घोषणा गरेको हो ।
काठमाडौं । युनाईटेड फाइनान्स १०.५२ प्रतिशत लाभांस घोषणा गरेको छ । मंसिर १७ गते मंगलबार सम्पन्न फाइनान्स सञ्चालक समितिको २४० औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांस दिने घोषणा गरेको हो ।
काठमाडौं । माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको वार्षिक १०.२५ प्रतिशत व्याजदरसहित प्रति ऋणपत्र एक हजार रुपैयाँका दरले कायम भएको उक्त ऋणपत्र बुधबारदेखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो ।
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले साविक पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकका शेयरधनीहरुको हितग्राही खातामा बैंकको शेयर जम्मा गरेको छ ।
काठमाडौं । गुडविल फाइनान्सले २५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १ लाख ५० हजार इकाई संघसंस्थालाई बिक्री गरिनेछ ।
काठमाडौं । आरम्भ लघुवित्त वित्तीय सस्ंथाको पाचौँ वार्षिक साधारणसभा पुस ९ गते हुने भएको छ । कम्पनीले चौतारी लघुवित्त वित्तीय संस्था सँगको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिने प्रस्ताव सभामा पेश गर्दैछ । सभा पञ्चकन्या ब्यांकेट, बनेपा न.पा.–८, पुलबजार, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे शुरु हुनेछ ।
काठमाडौं । गत वर्ष ३१ करोड नाफा कमाएको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले बम्पर लाभांश घोषणा गरेको छ । चालु आर्थिक वर्षमा उसले शेयरधनीलाई ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । साधना लघु वित्त वित्तीय संस्थाले ६ लाख ३० हजार कित्ता शेयर जारी गर्ने भएको छ । शेयर बिक्रीका लागि संस्थाले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ ।
काठमाडौं । मंसिर १६ गते सोमबार नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था र छिमेक लघुवित्त विकास बैंक गरि दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा दुबै लघुवित्तको गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो ।
काठमाडौं । प्रभु बैंकले ‘प्रभु बैंक डिबेञ्चर–२०८४’ निष्काशन गर्न विक्री प्रबन्धकमा नविल ईन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ । बैंकले १ हजार दरको ८ वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको प्रभु बैंक डिबेञ्चर–२०८४ निष्काशन गर्नका लागि नविल ईन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको हो ।
काठमाडौं । प्राइम कमर्सियल बैंकले सेयर लगानीकर्ताहरुलाई १६ प्रतिशत बोनस दिने भएको छ । बैंक संचालक समितिको आज बसेको बैंठकले लगानीकर्तालाई उक्त बोनस दिने घोषणा गरेको हो ।