जनरल इन्स्योरेन्स कम्पनीको ३० करोड रुपैयाँको आईपीओ ११ गतेदेखि आउँदै |
काठमाडौं । इजाजतप्राप्त नयाँ निर्जीवन बीमा कम्पनीमध्ये दोस्रो आईपीओ जनरल इन्स्योरेन्सले ल्याउने भएको छ । सो कम्पनीले आफ्नो ७० करोडको जारी पुँजीलाई १ अर्बको चुक्ता पुँजी बराबर पुर्याउन असोज ११ गतेदेखि ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने जनाएको हो ।