इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आईपीओ ल्याउदै, ८ अर्बको शेयर जारी गर्ने |
काठमाडौं । शेयर बजारमा अहिलेसम्मकै ठूलो आइपिओ आउन लागेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आइपिओ जारी गर्नका लागि साधारणसभा (एजिएम) बोलाएको छ, उक्त साधारणसभाले आइपिओ जारी गर्न स्वीकृत दिएलगतै ८ अर्ब रुपैयाँको साधारण शेयर जारी गर्ने तयारीमा छ ।