नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यबिधि लागू |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि २०७७ लागू भएको छ । नेप्से संचालक समितिको निर्णय अनुसार उक्त कार्यविधि पुस १ गते देखिनै लागू भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि २०७७ लागू भएको छ । नेप्से संचालक समितिको निर्णय अनुसार उक्त कार्यविधि पुस १ गते देखिनै लागू भएको हो ।
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तीम समझौता पत्रमा हस्ताक्षर भएको छ । मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् ।
काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न संचारमाध्यममा आएका मर्जर रएक्वीजिसन सम्बन्धी समाचारहरुमा कुनै आधिकारिता नभएको जनाएको छ ।
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले क्रेडिट रेटिङ्गको काम सम्पन्न भएपछि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्नको लागि क्रेडिट रेटिङ्ग गराउनु पर्ने भएकोले त्यसको सम्पुर्ण कार्य सकिएपछि हकप्रद निष्काशन गर्ने भएको हो ।
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) लाई , साउथ एशियन फेडेरेसन अफ अकाउण्टेण्ट्स अवार्डस् २०१९ का लागि सार्वजनिक क्षेत्रको विधा अन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपको रूपमा सम्मानित गरिएको छ ।
काठमाडौं । सेयर किनबेच वापत लगानीकर्ताले तिर्नु पर्ने सेयर ब्रोकर कमिशन घटेको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार अधिकतम ०.४० प्रतिशत हुने गरी कमिशन घटाएको हो । यस अघि ब्रोकर कमिशत अधिकतम् ०.६० प्रतिशतसम्म रहेको थियो । पछिल्लो समय दिनमै ९ अर्बसम्म कारोबार हुन थालेको तथा अनलाइन कारोबारको संख्या बढेको
काठमाडौं । प्राइम कमर्सियल बैंकको १३ औं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । सभा बैंकको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १५℅ बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
काठमाडौं । सेन्चुरी बैंकको नवौं र दशौं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाडौं । एनएमबि बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले सभामा गत आर्थिक वर्षको नाफाबाट १३℅ बोनस सेयर र कर प्रयोजनसमेत गरी ३.२०℅ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ । यस्तै, अधिकृत पुँजी १६ अर्ब रुपैयाँबाट बढाएर २० अर्ब रुपैयाँ पुर्याउने एजेन्डा पनि रह
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको ३५.२६ ℅ लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।