एनएमबि बैंकको खुद नाफा १ अर्ब ६१ करोड, निष्किृय कर्जाको अनुपात २.३८ प्रतिशत |
काठमाडौं । आर्थिक वर्ष २०७७∕७८ को दोश्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६१ करोड नाफा कमाउन सफल भएको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरणयोग्य नाफा १ अर्ब ५१ करोड रहेको बैंकले जनाएको छ ।