सेयर बजारको संवेदनशीलताप्रति अत्यन्तै सजग छौं : गभर्नर |
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंक पुँजी बजारको नियामक बन्न नचाहेको बताएका छन् । पुँजी बजारको नियामक त्यही क्षेत्रको (धितोपत्र बोर्डं) नै रहेको र उसकै सक्रिय भूमिका हुनुपर्ने उनले बताए ।