शेयर बजारमा झण्डै ७० अंकको वृद्धि |
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से झण्डै ७० अंकले बढेको छ । लगातार दोस्रो दिन दोहोरो अंकले बढेको बजार परिसूचक नेप्से मंगलबार ६९.२२ अंकले बढेर २७८४.५८ को बिन्दुमा पुगेको छ ।
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से झण्डै ७० अंकले बढेको छ । लगातार दोस्रो दिन दोहोरो अंकले बढेको बजार परिसूचक नेप्से मंगलबार ६९.२२ अंकले बढेर २७८४.५८ को बिन्दुमा पुगेको छ ।
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (कात्तिक २९ गते) अन्तिम दिन रहेको छ। बैंकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेरुडे लघुवित्त वित्तीय संस्थाले ४ करोड ७५ लाख लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३१६.३५% ले धेरै हो ।
काठमाडौं । गुराँस लाइफ इन्सुरेन्सको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा ४.१५% ले घटेर ४ करोड ९ लाख ९९ हजार रुपैयाँमा आएको हो ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सानिमा माई हाइड्रोपावरले २४ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ७.६५% ले बढी हो ।
काठमाडौं । ग्रामीण विकास लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेकाे छ।
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीकाे हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त भएको हो ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा जनरल इन्सुरेन्सको खुद नाफा ६१.२५% ले बढेर ३ करोड ८३ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।