३२.२९ अंकले घट्यो नेप्से, चार अर्ब १६ करोडको कारोबार |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । सोमबार ७.९० अंकले बढेको शेयर बजार आज फेरि दोहोरो अंकले घटेको हो । नेप्से आज ३२.२९ अंकले घटेर दुई हजार सात सय ३३ दशमलब १४ विन्दुमा पुगेको हो ।