महालक्ष्मी लाईफले ५ करोड भन्दा बढी खुद नाफा कमायो |
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले रू. ५ करोड ३० लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा यो वर्ष २ दशमलव १७ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५ करोड १९ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।