पुनः अर्को उर्जा ऋणपत्र निष्काशन गर्दै एनएमबि बैंक |
काठमाडौं । एनएमबि बैंकले पुनः उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले बैशाख २१ गतेदेखि १५ वर्षे अवधिको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्न लागेको हो। बैंकले यस अघि गत जेठमा पनि उर्जा ऋणपत्र निष्काशन गरेको थियो।