पिपुल्स पावर र सयपत्री हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत |
काठमाडौं । असाेज २७ गते, बिहीबार, पिपुल्स पावर लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । पिपुल्स पावरको ६२ लाख २६ हजार कित्ता शेयर र सयपत्री हाइड्रोपावरको ३० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।