मुक्तिनाथ विकास बैंकको खुद नाफा ११.०५% ले घट्यो |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको खुद नाफासँगै प्रति सेयर आम्दानी प्रभावित भएको छ । एक वर्षको अवधिमा बैंकको खुद नाफा ११.०५% ले घटेर ३० करोड ७४ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।