आज इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट हुने |
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बिहीबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको शेयर कात्तिक १७ गते बिहीबार बिहान ९ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।