सानिमा ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने अवधि लम्बियो |
काठमाडौं । सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सानिमा ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने मिति लम्बिएको छ। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो बन्दमुखि योजनामा अब कात्तिक ३० गतेसम्म आवेदन दिन सकिने भएको छ।