नेशनल लाइफको १५ प्रतिशत बोनस पारित, ४ अर्ब ६४ करोड पुग्यो चुक्ता पूँजी |
काठमाडौं । नेशनल लाइफ इनस्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । १८ मंसिर आइतबार सम्पन्न कम्पनीको ३४औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिले आर्थिक वर्ष (आव) २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गरेको हो ।