साधना लघुवित्तसहित पाँच कम्पनीको शेयर मूल्य समायोजन |
काठमाडौं । मंगलवार नेप्सेमा पाँच छुट्टाछुट्टै कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले साधना लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ विकास बैंक, मिर्मिरे लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो ।