महालक्ष्मी विकास बैंंकको वार्षिक साधारण सभा सम्पन्न, १०.४७ प्रतिशत लाभांश पारित |
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शुक्रबार लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउन्ड, लैनचौर, काठमाडौमा सम्पन्न भएको हो ।