कालिन्चोक दर्शन लिमिटेडको मंगलबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला हुँदै |
काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले मंगलबार (माघ ३ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।