रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने |
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले यस वर्षको लागि प्रस्ताव गरेको ४० प्रतिशत बोनस शेयर पछि कायम हुने चुक्तापूँजीका आधारमा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।