नेपाल लाइफ इन्सुरेन्सको नाफा २३७.२९% ले बढ्यो |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३७.२९ प्रतिशत बढेर ४४ करोड १ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।