तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन |
काठमाडौँ । माघ २६ गते बिहीबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले भोली अर्थात माघ २७ गते बुकक्लोज गर्दैछ भने ज्योति विकास बैंकले माघ २९ गते अर्थात आइतबार बुकक्लोज गर्दैछ।