मोलुङ हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै मागभन्दा धेरै पर्यो आवेदन |
काठमाडौं । मोलुङ हाइड्रोपावरको आइपीओमा ३२ करोड २६ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन (फागुन ४ गते) सम्ममा २ लाख ८१ हजार ८४० जनाले ३२ लाख २६ हजार २९० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.४२ गुणा बढी आवेदन हो ।