शेयर बजार
लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले डाक्यो साधारण सभा |
काठमाडौँ । कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।
नेसनल माइक्रोफाइनान्सको लाभांश संशोधन |
काठमाडौँ । नेसनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । यसअघि प्रस्ताव गरिएको ३८.५% बोनस सेयर संशोधन गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको संस्थाले जनाएको छ ।
मर्जर र लाभांश प्रस्ताव पारित गर्न साना किसान र आरएमडिसी लघुवित्तले बोलाए साधारण सभा |
काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले मर्जर तथा लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका छन्।
मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट, ५ जनालाई ११ कित्ता सेयर |
काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ शुक्रबार (फागुन १९ गते) बाँडफाँट भएको छ । यसमा कुल २ लाख २६ हजार ४६५ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर हात पारेका छन् ।
छयाङ्दी हाईड्रोपावर कम्पनीको हकप्रद बढेर आउने |
काठमाडौँ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरको आकार बढेर आउने भएको छ ।
ग्लोबल आइएमई बैंकको डिबेन्चर बाँडफाँट |
काठमाडौँ । ग्लोबल आइएमई बैंकले खुलाएको डिबेन्चर बाँडफाँट गरिएको छ । ५ वर्ष अवधि तथा वार्षिक ११.२५% व्याजदर भएको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” बाँडफाट गरिएको हो ।
दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन |
काठमाडौं । आज फागुन १५ गते सोमबार ग्लोबल आइएमई र आदर्श लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुवै कम्पनीले लाभांश र साधारण सभा प्रयोजनार्थ फागुन १६ गते बुक क्लोज गर्दैछन् । त्यसैले आजसम्म सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।
सानिमा मिडिल तमोरको फागुन २६ गतेदेखि आइपीओ आउने |
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५% अर्थात ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको थियो । जसमध्ये १०% अर्थात