नाडाको सम्पूर्ण पदाधिकारीको लाग्यो टुंगो |
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को नयाँ कार्यसमितिको सम्पूर्ण पदाधिकारीहरूको टुंगो लागेको छ । संघको ४५ औं साधारणसभाले निर्वाचित गरेको १ अध्यक्षसहित १८ केन्द्रीय सदस्य र मनोनीत तीन सदस्यहरुबाट चार उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको टुंगो लगाएको हो ।