८ सुरक्षित कारमध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोर्टसको नेतृत्व |
काठमाडौं । पछिल्लो समय गाडी खरिदकर्ताहरुको बीच सवारी सुरक्षा मापदण्डको विषय प्रमुख प्राथमिकतामा पर्ने गरेको छ । सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी आफूले चाहे अनुसारको डिजाइन, स्टाइल, फिचर र कलर भएको गाडी किन्ने मानसिकतामा परिवर्तन आएको यस अवस्थामा सवारी सुरक्षाको मामलामा जनचेतना बढ्दै गएको छ ।