सवारी साधनको भन्सार जाँचपासबारे नाडा र भन्सार विभागबीच छलफल |
काठमाडौं । नाडा र भन्सार विभागका महानिर्देशकबीच बुधबार छलफल भएको छ। नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेटेर नेपालको भन्सार नाकाहरूमा जम्मा भएका सवारी साधनहरूको भन्सार जाँचपासका सम्बन्धमा छलफल गरेको हो।