रोयल इन्फिल्ड मेटियोर ६५० संग प्रतिस्पर्धा गर्न मोटो मोरिनीले नयाँ क्रुजर वाइक ल्याउने |
काठमाडौं । प्रिमियम मोटरसाइकल उत्पादक मोटो मोरिनीले ६५० सिसीको नयाँ क्रुजर मोटरसाइकल ल्याउने भएको छ । यो नयाँ मोटरसाइकलको प्याटेन्ट डिजाइन वाहिर आएसंगै यस्तो खुलसा भएको हो । निर्माणको चरणमा रहेको यो नयाँ वाइकले रोयल इन्फिल्ड मेटियोर ६५० संग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।